काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।
बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया