ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । भारतमा ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशस्थित मउमा सोमबार बिहान ग्याँस सिलिण्डर पड्किँदा २ तले घर भत्किएर १० जनाको ज्यान गएको हो । घटनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ । मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो ।

ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?