काङ्ग्रेसको चियापन समारोह आज

नेपाली काङ्ग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा असोज २६ गते अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?