काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि आज सवा चार बजे काठमाडौँ आउनुभएका उहाँलाई भव्य स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विमानस्थल र बाहिर पनि भव्य स्वागत गरिएको हो । उहाँको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका सदस्य सरकारका मन्त्रीहरु विमानस्थलमा पुग्नुभएको थियो ।
राष्ट्रपति सी भारतको चेन्नई हुँदै नेपाल आउनुभएको हो । विमानस्थलमा राष्ट्रपतिको स्वागत, सेनाको सलामी, झाँकी, पन्चकन्याद्वारा स्वागत विभिन्न झाँकि पछि उहाँ सोल्टी होटल प्रस्थान गर्नुभएको छ ।
अबका कार्यक्रम
६ बजे
राष्ट्रपति भवन शीतल निवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया