काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चीनफिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन् ।
उनी सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताए । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ । अन्तर्राष्ट्रिय वायुसेवाका एयरपोर्ट स्टेसन म्यानेजरहरूको संस्था एयरलाइन्स अपरेटर्स कमिटी नेपालका एक पदाधिकारीकाले भने, ‘नोटामले नउड्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्ने छौं ।’ उनले उक्त समयमा प्रभावित हुने उडानका यात्रुहरूलाई टेलिफोन, एसएमएस वा इमेलबाट समय सारिएको जानकारी गराइने बताए । काठमाडौं विमानस्थलले बिहीबार बेलुकीसम्म नोटाम जारी गरी सक्नुपर्ने थियो तर अबेरसम्म कुनै निर्णय नभएको महाप्रबन्धक केसीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया