झलनाथ खनाल र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पार्नु भएको छ ।
नेपालमा चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि व्यापक छलफल भईरहेका बेला अमेरिकी राजदुत बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटगरी आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ को उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाउनु भएको हो ।

शुक्रबार बिहान काठमाडौंको डल्लुस्थित खनाल निवासमै पुगेर उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालसँगको भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहो¥याउनु भयो । राजदुत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताउनु भएको वरिष्ठ नेता खनालले जानकारी दिनु भयो । त्यस अवसरमा राजदुत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पार्नु भएको थियो । ‘‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन् यो कुनै राजनीतिक मोर्चा पनि होईन,’ अमेरिकी राजुदत बेरीसँगको भेटवार्तालाई उधृत गर्दै वरिष्ठ नेता खनालले भन्नु भयो, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौं ।’

यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदुत बेरीलाई दिनु भएको थियो । राजदुत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताउनु भयो । नेपालमा चिनियाँ गतिविधि बढदै गईरहँदा अमेरिकी राजदुत बेरीले तीव्रता दिनु भएको राजनीतिक भेटवार्तालाई रुचिपूर्वक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?