काठमाडौं–नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौं क्षेत्रीय समितिले दशैंलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव राष्ट्रिय सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापति यूनियनका अध्यक्ष अचुत कुमार ओझा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सेवालाई समय सान्दर्भिक र सरल बनाउन सुझाव दिए ।
साथै उनले राज्य भ्रष्टचार नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ अग्रसर हुनुपर्नेमा पनि जोड दिए ।
यस्तै स्वागत मन्तव्य दिने क्रममा अध्यक्ष ओझाले अधुरा आयोजना समयमै सम्पन्न होस् र नयाँ कार्य योजना आओस् भनी शुभकामना दिए ।
कार्यक्रममा सञ्चालक सचिव बिनोद घिमिरे , टेर्ड यूनियन काङ्ग्रेस अध्यक्ष पुष्कर आचार्य, टेलिकमका प्रबन्धक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै सो क्रममा परिवर्तन पत्रिका समेत विमोचन गरि अध्यक्ष ओझाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया