नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो लागेको छैन: नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको बताउनुभएको छ ।

दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकाल देखि नै सिद्धान्तमा कन्फूज भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ जनताको जनवाद के-के भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाउनुभयो ।

कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको पौडेलको भनाइ छ ।
उहाँले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उदघाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केहि काम गर्न नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?