Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

फास्ट ट्र्याक हुँदै काठमाडौंमा ल्याउन सकिन्छ पाइपलाइनबाट तेल

बिप्लव जमकटेल ३० भदौ २०७६, सोमबार ०७:१६
फास्ट ट्र्याक हुँदै काठमाडौंमा ल्याउन सकिन्छ पाइपलाइनबाट तेल
शेयर गर्नुहोस् Facebook

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो ।

आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।