Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्राधिकरणले खाली जमिन संरक्षण गर्दै, बन्दैछ पार्क

बिप्लव जमकटेल २९ भदौ २०७६, आइतबार ०७:०८
प्राधिकरणले खाली जमिन संरक्षण गर्दै, बन्दैछ पार्क
शेयर गर्नुहोस् Facebook

 

काठमाडौं – नेपाल भूकम्पीय जोखिम भएका देशमध्ये ११ औं नम्बरमा पर्छ। नेपालका जिल्लामध्ये बढी जोखिममा छ– काठमाडौं। जमिनको भारवहन क्षमताभन्दा बढी भवन निर्माण भइरहेको विज्ञहरू बताउँछन्। काठमाडौं महानगरपालिकामा जनसंख्या र भवनको अत्यधिक चापले गर्दा विपद्का बेला भाग्ने ठाउँसम्म छैन। ०७२ सालको भूकम्पपछि खाली जमिन राख्ने धेरै बहस भए पनि काममा भने तदारुकता देखिएन।

तर, अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली जमिन संरक्षण गर्न सुरु गरेको छ। संरक्षण गरिएको जमिनमा पार्क बनाउने कार्य सुरु भएको हो। प्राधिकरणअन्तर्गत काठमाडौं जिल्लाका सूचना अधिकारी सुरेश रेग्मीले स्थानीय तहबाट आएको प्रस्तावबाट जमिनको अवस्था हेरी संरक्षण भइरहेको बताए। रेग्मीका अनुसार अहिले खुला ठाउँको संरक्षण गर्ने र आधारभूत संरचना बनाइरहेको छ। ‘दुई किसिमले काम भइरहेको छ,’ उनले भने, ‘पार्क बनाउने र विपद्मा बस्न सक्ने ठाउँको संरक्षण भइरहेको छ।’ अन्नपूर्ण पाेस्टमा खबर छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।