नुवाकोटमा बाम गठबन्धन जित नजिक, सबै क्षेत्रमा बाम वर्चश्व

नुवाकोट, २३ मंसिर । नुवाकोटको सबैजसो क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ ।त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले १८०२१ मत ल्याएर अग्रस्थानमा रहेका छन्, भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले १४२४० मत सहित तामाङलाई पछ्याइरहेका छन् । प्रदेश ‘क’मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङले १०५५२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदर महेन्द्र थिङले ७६५४ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् । प्रदेश ‘ख’मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १२६४१ मत सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार रमेश महतले ६४१२ मत सहित उछ्याइरहेका छन् । त्यस्तै, प्रतिनिसिभा क्षेत्र नं. २ मा नेकपा एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले २३०९९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले १६३३२ मत ल्याएका छन् । त्यसैगरी, प्रदेश ‘क’ मा एमालेका उम्मेदवार केशव पाण्डे १२५७४ सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार जगदिश्वनरसिंह केसीले ७८२४ मत ल्याएका छन् । प्रदेश ‘ख’ मा पनि माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले ९८०८ मत सहित अगाडी रहेका छन् भने उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार जगतबहादुर तामाङले ८६३१ मत ल्याइ दोस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?