पश्चिम रुकुम, २२ मंसिर . पश्चिम रुकुमबाट माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर उदाएका छन् । उनले हालसम्मकै लोकप्रिय अर्थात ३४४०२ मत पाएर विजयी भए । जनतको पिरमर्का बुझ्ने तथा देशका लागि पनि केहि गरेर देखाउँने बठोक बोकेका शर्मा कति लोकप्रिय छन् भन्ने मतपरिणामले देखाएका छन् उनको निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका गोपालजी जंग शाहले जम्मा १५६०० मत ल्याए । जनार्शन ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाएर चर्चामाआएका थिए भने जिल्लामा उनले विकास निर्माणका काममा कायापलट नै गरेका छन् तत्कालिन माओवादीका युद्ध कमाण्डर उनी शान्तिप्रक्रियापछि राजनीतिक विभागमा लागेका थिए । माओवादीभित्र उनी प्रभावशाली मानिन्छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया