काठमाडौँ, १६ मङ्सिर – पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स(युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो । दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याविनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए, नयाँ पत्रिकामा खबर छ ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरेलगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया