चितवन, १५ मंसिर— चितवनको चुनाव रोचक बन्दै गएको छ । चुनावको मिति आउन मात्र ६ दिन बाँकी रहेको अवस्थामा वाम गठबन्धनका उम्मेदवार प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम बहादुर पाण्डे आरोप प्रत्यारोपमा उत्रिएको छन् हुन त उम्मेदवारी दर्ता देखि नै प्रचण्ड र पाण्डे एकअर्काको आलोचनामा उत्रिएका थिए भने पछिल्ला दिनमा त्यो क्रम थप आक्रामक बन्दै गएको थियो मूलतः प्रचण्डले विक्रम ठेकेदार भएको र उनले जनताको पक्षमा केहि नगर्ने भन्दै उनलाई जनताले पनि राम्ररी चिनेको बताएका थिए । उनले यो पनि भनेका थिए कि चितवनमा कांग्रेस नभएकाले प्रतिस्पर्धा नै फिक्का भएको बताएका थिए । यसरी प्रचण्डले विक्रमलाई कमजोर भनेर प्रचार गरिरहँदा विक्रम पनि प्रचण्डप्रति उसैगरी आक्रामक देखिएका छन् उनले प्रचण्डलाई चितवनका जनताले राम्ररी चिनेको र हारको स्वाद चखाइदिन भन्दै चुनावी कार्यक्रममार्फत जनतालाई आग्रह गर्दै आएका छन् बिहिबारमात्रै एक कार्यक्रममा विक्रम प्रचण्डप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । ‘विक्रम पाण्डे ठेकेदार, मसँग तुलना नै छैन, कांग्रेसको मान्छे भएको भए हुन्थ्यो भनेर प्रचण्डले भन्ने गरेका छन् । हो उहाँको जस्तो योग्यता मसँग छैन, उहाँको जस्तो योग्यता मसँग छैन, मैले अहिलेसम्म एकजनामान्छे पनि मारेको छैन’, उनले माडीमा आयोजित उक्त कार्यक्रममा भनेका छन् । प्रचण्डलाई ज्यानमाराको संज्ञा दिँदै उनले आफूले जनतालाई प्रचण्डको वास्तविकता बुझाइरहनु नपर्ने पनि बताएका छन् ‘भ्रष्टाचार त गरेकै छैन, गर्ने योजना पनि मेरो । २४ वर्षदेखि यही क्षेत्रमा चुनाव लड्दै आएको छु, हारेपनि जितेपनि । उहाँ तीनतिर चहारेर यता आउनु भएको छ । मेरो योग्यता भनेको जनताको काम गर्ने मात्रै हो । अरु छैन’, प्रचण्डप्रति कटाक्ष गर्दै उनले थपे प्रचण्डलाई विदेशी दलालको संज्ञा दिँदै उनले आफूमा त्यस्तो क्षमता पनि नरहेको बताए । उनी जनतासँग नभिजेको नेता भएको प्रचण्डलाई भोट हाल्ने कि विक्रमलाई भोट हाल्ने भन्नेमा जनताको सही निर्णय लिने बताए उनले आफूलाई जनताले राम्ररी चिनेको भन्दै अब थप काम गर्ने योजना रहेको बताए अबको पाँच वर्षमा जमिनमा सिंचाई, कालोपत्रे गर्ने देखि विदेशमा रहेका युवालाई स्वदेशमा फर्काएर विदेशमा भन्दा बढी आयआर्जन गराउन तिर लाग्ने दाबी गरे यसरी दुई उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिरहेको बेला चुनावी प्रतिस्पर्धा भने रोचक देखिएको छ भिडियो हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया