संघीय संविधानअनुसार राज्यको पुनर्संरचनापछि पनि जननिर्वाचित प्रतिनिधि तथा सरकारी कर्मचारीको मर्यादाक्रम अन्योलमा छ । २४ जेठमा गृह मन्त्रालयले पछिल्लोपटक एकदेखि २८औँ वरीयतासम्मको मर्यादाक्रम सार्वजनिक गरे पनि प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सांसदहरूको मर्यादाक्रम तोकिएको छैन, नयाँ पत्रिकामा खबर छ स्थानीय जनप्रतिनिधिलगायतले सरकारको पछिल्लो मर्यादाक्रम निर्धारणप्रति असन्तुष्टि जनाएपछि मर्यादाक्रम फेरबदल गर्ने सरकारले तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । तर, मर्यादाक्रम तोक्न गठित कार्यदलको बैठकसमेत बसेको छैन वर्तमान वरीयताक्रम१. राष्ट्रपति२. उपराष्ट्रपति३. प्रधानमन्त्री४. प्रधानन्यायाधीश५. सभामुख६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री७. मन्त्री, विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, पूर्वसभामुख८. राज्यमन्त्री, संसदीय समितिका सभापति९. योजना आयोगका उपाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका कुलपतिहरू१०. सर्वोच्चका न्यायाधीश, न्यायपरिषद् सदस्य११. सहायकमन्त्री१२. सांसद१३. संवैधानिक निकाय प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव१४. उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, राष्ट्र बैंकका गभर्नर, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधीश,१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक१८. जिल्ला विकास समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित)१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)२०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष)२६. सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत२८. सहायक सेनानी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया