८ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १२ मंसिर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९÷७० र आव २०७०÷७१ मा भएको कारोबार अध्ययन गर्दा रु आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ । यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?