निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

ताप्लेजुङ, १२ मंसिर -जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ निलम्बित हुने उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ ताप्लेजुङ सदरमुकामस्थित भानु मावि अम्बिटार मतदान केन्द्रमा खटिएका थिए । सोही केन्द्रमा मंसिर ९ गते मतदानस्थलको तयारी हुँदै गर्दा बम विस्फोट भएको थियो विस्फोट भएको अघिल्लो दिन नै विस्फोटक पदार्थ राखिएको तर सुरक्षार्थ खटिएका प्रहरीलाई यस बारेमा थाहा नहुनु हेलचेक्य्राइँ अर्थात विभागको नीति निर्देशन विपरित काम भएको प्रष्ट भएकाले निलम्बित गर्नु परेको बताइएको छ सुरक्षा संवेदनशीलतालाई ध्यान नदिएकाले निर्वाचन विरोधी समूहले विस्फोटक पदार्थ राखेको प्रहरीको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?