मोरङको दुई स्थानमा फेला परेको बम निष्क्रिय

विराटनगर, ११ मंसिर । मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ त्यस्तै, आज मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ हाम्रो अस्पताल नजिकै सडकको पेटीमा भेटिएको त्यो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोली निस्तेज गर्ने तयारीमा जुटेका छन् । सो स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?