मतपेटिकामा ३६ महिला उम्मेदवारको भाग्य चम्केला ?

काठमाडौँ, ११ मङ्सिर – पहिलो चरणको निर्वाचन अन्तर्गत आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला उम्मेदवारको भाग्य मतपेटिकामा संरक्षित भएको छ बत्तीस जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ७४ स्थानका लागि भएको निर्वाचनमा विभिन्न दलबाट ७०२ जना प्रतिस्पर्धामा रहेकोमा ३६ जना महिला प्रतिस्पर्धामा छन् । ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट जम्मा नौजना मात्रै महिला प्रतिस्पर्धामा छन्, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?