काठमाडौं, ३ मंसिर— आइतबार बिहान अकल्पनीय निधन भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ प्रकाश दाहालको पार्थिक शरीरमा बुबा प्रचण्डले दागवत्ती िदएर अन्त्येष्टि गरिएको हो यसअघि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरुले प्रकाशको पार्थिक सरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रकाशको आईतबार विहान हृदयघातका कारण निधन भएको थियो उनको निधनमा श्रद्धाञ्जली अर्जण गर्न पुगेका परिवार, आफन्त र शुभचिन्तक भावविह्वल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया