Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

वडाध्यक्षमाथि साङ्घातिक आक्रमण गर्ने पक्राउ

बिप्लव जमकटेल १४ असार २०७६, शनिबार १३:०४
वडाध्यक्षमाथि साङ्घातिक आक्रमण गर्ने पक्राउ
शेयर गर्नुहोस् Facebook

काठमाडौं | बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खानमाथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते भएका थिए ।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।