Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मकवानपुरमा विषालु च्याउ खाँदा एकको मृत्यु, ३ जना बिरामी

बिप्लव जमकटेल १३ असार २०७६, शुक्रबार १८:०७
मकवानपुरमा विषालु च्याउ खाँदा एकको मृत्यु, ३ जना बिरामी
शेयर गर्नुहोस् Facebook

काठमाडौं । मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।

जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिनुभयो । विषालु च्याउ खाएर तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये एकको मृत्यु भएको राक्सिराङ–७ का वडाध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिए ।

च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्र्षीय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका प्रअ घलानले जानकारी दिए । घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने प्रयास भइरहेको र विकट भएकै कारण अस्पताल लैजान समस्या परेको वडाध्यक्ष प्रजाले बताए । ढिलोगरी जानकारी आए पनि घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।