Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

दोलखामा करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते

बिप्लव जमकटेल २२ असार २०७६, आइतबार १५:५४
file photo
file photo
शेयर गर्नुहोस् Facebook

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् ।

गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते छन् ।

आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युत्कोे पोलबाट प्रवाह भएको करेन्ट लागेर तामाङको घट्नास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए ।

मृतक तामाङको शव अहिले घट्नास्थलमै रहेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले घट्ना घटेको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।