Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

मोरङमा स्कुल बस दुर्घटना: २ शिक्षिकासहित ३ जना घाइते

बिप्लव जमकटेल २२ असार २०७६, आइतबार १४:४७
मोरङमा स्कुल बस दुर्घटना: २ शिक्षिकासहित ३ जना घाइते
शेयर गर्नुहोस् Facebook

काठमाडौं । मोरङमा स्कुल बस दुर्घटना हुँदा २ शिक्षिकासहित ३ जना घाइते भएका छन् ।

बुढीगंगा गाउँपालिका-३ स्थित गोकुवा चोकनजिकै नहरमा जेभियर्स बोर्डिङ स्कुलको को १ ख १९८२ नम्बरको बस आइतबार खस्दा दुई शिक्षिका र १ विद्यार्थी घाइते भएका हुन्।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर नहरमा खसेको मोरङ प्रहरीले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा सोही विद्यालयकी शिक्षिका बुढीगंगा-३ की २२ वर्षीया सम्झना अधिकारी, २४ वर्षीया रिविसा घिमिरे र कक्षा ३ की ८ वर्षीया बालिका सुरक्षा पौडेल घाइते भएका छन्।

घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ । बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना सवार थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।