काठमाडौं, २९ कात्तिक । प्रमुख तीन वटा पार्टी निकट विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधनविरुद्ध आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता जनाएका छन् नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरुको माग वार्ताका माध्यमबाट यथाशिघ्र सम्बोधन गर्न माग गरेका हुन् यसैगरी विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा अध्ययन संस्थानले यसै शैक्षिक सत्रमा लिएको प्रवेश परीक्षामा उत्पन्न भएको गम्भीर त्रुटीलाई सच्याउँदै तत्काल पुनः परीक्षाको मिति तोक्न समेत माग गरेका छन् सो त्रुटीबारे छानविन गरी संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र परीक्षाको मर्यादा र पारदर्शिता कायम राख्न पनि माग गरेका छन् । विद्यार्थी संगठनहरुले शिक्षा ऐनको नवौं संशोधनविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया