काठमाडौं । शुभम इन्टरनेशनल अस्पतालले रसुवा बाढीका घाइतेहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको शुभमले घाइतेहरुको निशुल्क उपचार गर्ने जनाएको हो ।
अस्पताल सञ्चालक समितिका सचिव सरोज केसीका अनुसार अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचार सेवा गर्दै आएको छ ।
बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नुवाकोट र अन्य जिल्लाका बिरामीहरुलाई सहज रुपमा ल्याउने व्यवस्था गर्न समेत अस्पतालले भनेको छ ।
अस्पतालका अनुसार औषधि तथा औषधिजन्य सामग्रीहरू बाहेक अस्पतालमा उपलब्ध हुने सम्पूर्ण उपचार सेवा निःशुल्क गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया