काठमाडौं । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापालाई जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय तानेको छ । बालिकाकी आमाले छोरी नभेटिएपछि तत्कालै प्रहरीमा जानकारी गराएको भएपनि खोजी कार्यका लागि समयमै चासो नदिएको भन्दै उनीहरूलाई प्रधान कार्यालय फिर्ता बोलाइएको हो ।
अब सिमराका लागि दयाकृष्ण भट्ट जाने भएका छन् ।
गत साउन ३१ गते बिहान साढे ८ बजे
गत साउन ३१ गते बिहान साढे ८ बजे जीतपुरसिमरा–१ दसधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरी घरबाटै हराएकी थिइन् । बालिका गरिमाको तेस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
बालिका हराएदेखि समयमै उनको खोजी कार्यमा चासो नलिएकोले बलात्कारपछि हत्या हुन पुगेको आरोप लागेपछि उनीहरूलाई प्रधान कार्यालय फिर्ता बोलाइएको जनाइएको छ ।
बालिकाको घरभन्दा २ सय मिटर दूरीको सोही वडाको भक्तिनगर टोलका वीरबहादुर रोकाको सुनसान र जीर्ण घरमा बालिकाको शव हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेको थियो । बालिकाको शव चार दिनदेखि कलैयाको प्रादेशिक अस्पतालमै पोस्टमार्टम गरिएदेखि नै छ । शव उठाइएको छैन ।
बालिकाकी आमाले आफैँले छोरीलाई खोजतलास गर्दा कतै नभेटिएपछि हराएको ३ घण्टा नबित्दै प्रहरीलाई खबर गरेको तर खोजतलासमा प्रहरीले तदारुकता नदेखाएकाले बालिकाको बलात्कार र हत्यासमेत भएको भन्दै बालिकाका आफन्त, परिवार र स्थानीयले चार दिनदेखि प्रदर्शनमा उत्रेर यातायात ठप्प पार्दै इलाका प्रहरी कार्यालयसमेत घेराउ गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया