काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा सरकारको काम र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ। बैठकमा मन्त्री र सांसदलाई अनिवार्य उपस्थित हुन सूचना दिइएको बुर्लाकोटीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया