काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए ।
आफ्नो भ्रमणको दोस्रो दिन सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सोही दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । भारतीय सेना प्रमुख सेठ आफ्नो भ्रमण तालिका पूरा गरी आगामी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया