सामाजिक सञ्जालबाट व्यापार गर्ने व्यवसायीलाई विभागमा सूचीकृत हुन निर्देशन

लोकपथ
70
Shares

काठमाडौं । सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल तथा वेबसाइट र एपमार्फत व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै कानुनअनुसार सूचीकृत नभई अनलाइन व्यापार गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

विभागका अनुसार सामाजिक सञ्जाल, वेबसाइट, मोबाइल एप वा अन्य विद्युतीय माध्यमबाट सामान वा सेवा बेच्ने सबै व्यवसायी ई–कमर्स व्यवसायी हुन् । सामान बेच्ने मात्र होइन, स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात, बैंकिङ, बिमा, परामर्शलगायत सेवा दिने व्यवसाय पनि यसमा पर्छन् ।

पछिल्लो समय अनलाइन कारोबारमा उपभोक्तालाई झुक्याउने, ठगी गर्ने र गुणस्तरहीन सामान तथा सेवा बिक्री गर्ने गुनासो बढेको विभागले जनाएको छ ।

विभागले सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय माध्यमबाट व्यापार गरेको पाइएमा ई–कमर्स ऐन, २०८१ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?