पार्टीको आधिकारिकता विवादमा धेरै बोल्दिनँ, अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : देउवा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन् ।

महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग छलफल गर्दै देउवाले आफूले विशेष महाधिवेशनको आवश्यकता समेत नदेखेको स्पष्ट पारेका हुन् ।

पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्न उपयुक्त नहुने उनको भनाइ थियो ।

उनले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वाससमेत व्यक्त गरे । ‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ । सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ । अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ,‘देउवाले भने ।

देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि अत्यन्त आवश्यक रहेको पनि बताए । उनले सुदूरपश्चिमले आफूलाई धेरै दिएको उल्लेख गर्दै त्यस क्षेत्रका लागि अझै केही काम गर्न बाँकी रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?