काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई गल्ती महसुस गरेर अघि बढ्नुपर्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता कोइरालाले सो आग्रह गरेका हुन् ।
पार्टी विवादको विषय अदालतमा पुगेको भन्दै उनले त्यसलाई कुन रुपमा व्याख्या गर्ने भन्ने अधिकार सभापति थापा स्वयंममा रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गगनलाई सभापति भन्नै मन नलागेको भन्दै ‘भाई’ सम्बोधन गरे । विशेष महाधिवेशनलाई मान्यता दिन नसकिएको भन्दै गगनलाई सभापति मान्न नसकेको उनको जिकिर रहेको छ ।
‘हाम्रा युवा नेता हुन् गगन भाई । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन । विशेष महाधिवेशनलाई मान्यता दिन पटक्कै मन लागेको छैन । अवैधानिक छ, अराजक ढंगले गरिएको छ । हाम्रो मान्यता हो, कुनै व्यक्तिगत पूर्वाग्रह केही होइन हाम्रो । म उहाँलाई भन्न चाहन्छु । मानिसको जीवनमा गल्ती हुन्छ, त्यसलाई आत्मसाथ गर्न सक्नुपर्छ,’ सिटौलाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया