देउवालाई विश्वप्रकाशले भने- ‘पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई विधि र पद्धतिअनुसार आत्मसात गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई प्रक्रियागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनले देउवाबाट सबै पक्षलाई समेट्ने र पार्टीमा एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए ।

देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्दै युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै शर्माले उक्त विषयलाई पार्टीको आगामी सम्मेलनको केन्द्रमा राख्नुपर्ने बताए ।

उनले ३६ वर्षको युवक देशको प्रधानमन्त्री बनेको इतिहासलाई स्वीकार गरिसकेको अवस्थामा ५० वर्ष हाराहारीका युवाले पार्टीको नेतृत्व गर्ने विषयलाई पनि सहज रूपमा स्वीकार गर्नुपर्ने बताए ।

विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्दा पार्टीभित्र गम्भीर प्रश्न उठ्ने उनको भनाइ थियो ।

शर्माले देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार गर्न सक्नेले पार्टी नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?