एकैदिन ४ हजार ६ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
168
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ६०० रुपैयाँले घटेर ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।

बिहीबार ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?