किशोर श्रेष्ठ थप तीन दिन हिरासतमा रहने

लोकपथ
28
Shares

काठमाडौं । पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ तिन दिन थुनामै रहने भएका छन् ।

बिहीबार काठमाडौं जिल्ला अदालतले पत्रकार श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बुधबार साँझ पक्राउ गरिएको पत्रकार श्रेष्ठलाई आज काजिअका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले थुनामा राख्ने अनुमति दिएको हो ।

श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का, बद्री भुसालले बहस गरेका थिए ।

बुधबार ललितपुरबाट पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । वैयत्तिक गोपनियता हनन् गर्न नहुने कसुर देखाउँदै उनलाई पक्राउ गरिएको हो ।

उनको पक्राउको विषयलाइै लिएर चौतर्फी आलोचना भइरहेको छ । समाचार लेखेको विषयमा पत्रकारलाई अन्य कानुनी प्रक्रिया अघि नबढाइ पक्राउ र सम्बन्धित कार्यालयबाट कम्प्युटर लगायतका सामग्रीहरु बरामद गरिएको भन्दै आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?