सल्यान । भेरी नदीमा आज बुधबार जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१, बांगिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जिप चालक र जिप धनी रहेको बताइएको छ ।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएको र उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।
बालुवा संग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको सो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले बेपत्ताहरुको खोजी भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया