एकैदिन ४ हजार ३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
336
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य आज प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३५ रुपैयाँले घटेको हो ।

सोमबार ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?