काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सुनसरीको कप्तानगन्ज घटनापछि ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीलाई प्रधान कार्यालय हलचोक फिर्ता गरेर गणको जिम्मेवारी भक्तपुर निवासी एसपी लवकुमार सापकोटालाई दिने निर्णय गरेको छ ।
सिसं ४ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी सापकोटा भोलि मंगलबार मात्र गणको जिम्मेवारी बहन गर्न जाने भएका छन् । सशस्त्र मुख्यालयको मौखिक आदेशपछि उनी आजै त्यसतर्फ जाने तयारीमा थिए । तर हवाई टिकट उपलब्ध नभएपछि उनी भोलि मात्रै जाने भएका हुन् ।
४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कार्कीलाई भने यसअघि नै सशस्त्रले प्रधान कार्यालय बोलाएर छानबिन गरिरहेको थियो । यद्यपि, कप्तानगन्ज घटनापछि उनी सोमबार बिहान त्यसतर्फ गएका थिए ।
सशस्त्र प्रहरी मुख्यालयले सीमा नाकाबाट हुने तस्करी रोक्न नसकेको आरोपमा सुनसरीका कार्की र झापाका गणपति अम्बिकाप्रसाद जोशीलाई मुख्यालय बोलाएको थियो ।
मुख्यालयको पछिल्लो निर्णयसँगै गणपति कार्की ६ महिनामै फिर्ता हुनुपरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया