दोलखामा पहिरोले गोठ बगाउँदा वृद्ध बेपत्ता, खोजी कार्य तीव्र

लोकपथ
7
Shares
फाइल तस्बिर

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोलामा गएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

बुधबार बिहान करिब २ः३० बजे सिनर्जी हाइड्रो पावरको जलविद्युत् आयोजनाको ड्याम नजिकै पहिरो गएको हो ।

पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षति भएको छ ।

बेपत्ताको खोजी तथा उद्धारका लागि सिंगटीस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमप्राप्त टोली परिचालन गरिएको छ । प्रहरीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?