चितवन । चितवन र मुगुमा दुई महिलाका शव फेला परेका छन् । दुवै घटनामा मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५ देखि ४० वर्षीया महिलाको शव फेला परेको हो । घटनाबारे जानकारी पाएपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी, मुगुको सोरु गाउँपालिका–५ स्थित नेरघाट नजिकै कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार हिजो साँझ करिब साढे ७ बजे अन्दाजी ३० देखि ३५ वर्षीया महिलाको शव भेटिएको हो ।
मुगुमा फेला परेको शवको पनि हालसम्म सनाखत हुन सकेको छैन । दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया