यी हुन् प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका ३ लागुऔषध कारोबारी

लोकपथ
455
Shares

काठमाडौं । प्रहरीले काठमाडौंमा गोली प्रहार गरी तीन लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आइतबार अपरान्ह काठमाडौंको टेकु दोवान पुल नजिकैबाट ३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेशस्थित रुपैडियाका २५ वर्षीय राज सोनीसहित बाँकेका १७ वर्षीय निखिल सोनी र सुर्खेतकी १९ वर्षीया शोफिया मगर रहेकी छन् ।

उनीहरुको साथबाट लागुऔषध टपेन्डाल २४ हजार ७ सय क्याप्सुल बरामद गरिएको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जिवन निरौलाले जानकारी दिए ।

लागुऔषध सप्लाई गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोली टेकु पुगेको थियो ।

भारतबाट लागुऔषध टपेन्डाडोल ल्याइ काठमाडौं उपत्यकामा सप्लाई गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर भारतको रुपैडियाका राज सोनी प्रहरी टोलीमाथि नै आक्रमण गर्ने गरी भाग्ने प्रयास गरेका थिए । प्रहरीले हवाई फायर गरी आत्मसमर्पण गर्न आग्रह गर्दा प्रहरीमाथि नै जाइलागेपछि उनको दाईने खुट्टाको घुँडामा १ राउण्ड, बाँया खुट्टाको घुँडामुनी १ राउण्ड गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट घाइते भएका सोनीको राष्ट्रिइ ट्रमा सेन्टरमा उपचार भइरहेको प्रवक्त निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?