२० करोड ९० लाख बिगो माग दाबीसहित विष्णु पौडेलविरुद्ध मुद्दा दायर

लोकपथ
504
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध २० करोड बढी बिगो कायम गरी मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै उनको एभरेष्ट बैंक लिमिटेडको खातामा रहेको ६ लाख ३४ हजार ५ सय ४५ रुपैयाँ समेत जफत गरिएको छ ।

सम्पत्ति शुद्धिकरणकै अभियोगमा पक्राउ परेका विवादित व्यवसायी एवं विचौलिया दिपक भट्टसँग मिलेर गैरकानुनी सम्पत्ति लुकाउने एवं छल्ने गरेको आरोप समेत लगाइएको छ ।

पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई समेत प्रतिवादी बनाइएको विशेष अदालतले जनाएको छ ।

गत असार ८ गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सुर्खेतमा रहेका बेला पौडेललाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?