काठमाडौं । जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झा दोषी ठहर भएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
यसैगरी उनलाई सजाय निर्धारणका लागि असार ३२ गतेको पेशी तोकि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं र प्रतिवादीलाई जानकारी दिन समेत भनिएको छ ।
अहिराज मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख हुन् ।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनलाई मधेश प्रदेशको प्रदेश प्रमुख बनाइएको थियो ।
सर्वोच्चको परमादेशपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भने उनलाई प्रदेश प्रमुखबाट हटाइएको थियो ।
उनी पूर्वपत्रकार एवं मधेशवादी आन्दोलनका अगुवा समेत रहेका थिए ।
त्यसबेला आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेपछि थप चर्चामा आएको अहिराज राष्ट्रवादी छवीको व्यक्तिको रुपमा परिचित समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया