जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
35
Shares

रौतहट ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राजपुर नगरपालिका–८ अकोलुवा बस्ने २२ वर्षीय ड्राईभर भन्ने आफान आलम  रहेका छन् । 

उक्त मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका–४ बाट   सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?