पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

लोकपथ
7
Shares
फाइल तस्बिर

चितवन । विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

सडकखण्डअन्तर्गत तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा पहिरो खसेपछि यातायात प्रभावित भएको थियो । तीनै स्थानको पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि मेसिन परिचालन गरी पहिरो हटाउने काम गरिएको थियो । सडकमा थुप्रिएको माटो र ढुंगा हटाएसँगै सवारी साधनलाई दुईतर्फी रूपमा सञ्चालन गर्न दिइएको कार्यालयले जनाएको छ ।

पहिरो हटाइए पनि वर्षायामका बेला पुनः पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?