‘मन बिनाको धन २’मा विपिनको इन्ट्री

लोकपथ
14
Shares

काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन बिनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ ।

पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ ।

यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने विषयमा केही पनि खुलाइएको छैन ।

टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक बुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।

फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।

पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् ।

यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ ।

फिल्म ‘मन बिनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो ।

फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक बुढाथोकीले भने– ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौँ । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’

गत वर्ष रिलिजमा आएको फिल्म ‘मन बिनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो । यो फिल्मको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?