घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

लोकपथ
3.7k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य बुधबार बिहान १२स्०१ बजेदेखि लागू भएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ कायम गरिएको छ । डिजेल तथा मट्टितेलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ तथा आधा सिलिन्डरको मूल्य १,०३० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?