कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

लोकपथ
0
Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस हुलाकी सडक खण्डमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । बस शिवपुरी लक्जरी कोच प्रालि द्वारा सञ्चालन गरिएको थियो ।

दुर्घटनामा चालकसहित ४६ जना यात्रु सवार रहेका थिए । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि क्रेनको सहायताले बस हटाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।

घाइते २२ जनालाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । थप उपचारका लागि उनीहरूलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?