दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा

लोकपथ
133
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो पटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान बनाएको छ ।

समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको हो ।

खेलको ६३औँ मिनेटमा थापेलो मासेकोले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । यही गोलका कारण दक्षिण अफ्रिकाले महत्वपूर्ण जित निकाल्दै समूह चरण पार गर्न सफल भयो ।

यो दक्षिण अफ्रिकाको चौथो विश्वकप सहभागिता हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेले पनि टोलीले समूह चरण पार गर्न सकेको थिएन । तर यसपटक भने टोलीले इतिहास रचेको छ ।

समूह ‘ए’ बाट दक्षिण अफ्रिकाले ३ खेलमा ४ अंक जोड्दै समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बनेर नकआउट चरणमा पुगेको छ ।

दक्षिण कोरिया ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट आठमा परेमा दक्षिण कोरियाको नकआउट चरण पुग्ने सम्भावना भने अझै कायम छ, जसका लागि अन्य समूहका नतिजामा भर पर्नुपर्नेछ ।

त्यस्तै, ३ खेलमा १ अंक मात्र जोडेको चेक गणतन्त्र प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?