खैरो हिरोइनसहित १० जना पक्राउ

लोकपथ
63
Shares

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ ।

आज जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली, यस मातहतका प्रहरी कार्यालयहरू र लागूऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण नखुलाइए पनि उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?